Artist Biography:
नाम : नरेन्द्र प्यासी
जन्म मिति : २०२२/५/२
माता / पिता : स्व. प्रतिमान स्व: पद्म कुमारी
जन्म स्थान : खिचापोखरी, काठमाडौँ
परिवारमा : चार दाजुभाई चार दिदी बहिनि म चाही कान्छो छोरा
हालको बसाइ: डिल्लीबजार, घट्टेकुलो
औपचारिक शिक्षा : स्नातक
सांगीतिक शिक्षा : विशारद
संगीतमा प्रेरणा : बुवा
सबै भन्दा पहिले रेकर्ड भएको गीत : "बिना बादल असिना पानी" विक्रम सम्बत २०३० सालमा रेडियो नेपालमा
अहिले सम्म बजारमा आएका गिति संग्रहहरु : दुइ वटा "बास्ना" र " श्रीस्टी" एल्बम
सबै भन्दा बढी चलेको गितहरु : बास्ना
आफुले गाएर आफैलाई मन नपरेको गीत : माया एउटा खोला हो
आफुले गाएर आफुलाई एकदमै मन परेको गीत : के भुल भयो प्रिया
जम्मा गीत संख्या : १५०
गायन क्षेत्रलाई नै रोज्नुको कारण : बाल्य अवस्था देखि रुची भएको हुँदा
आफु बाहेक मनपर्ने गायक/गायिका र गीतकार : दीप श्रेष्ठ, रत्न शम्शेर थापा
युगल गायनको लागी आफैले साथी राज्नु पर्यो भने : संगीता प्रधान
यसलाई भेट्न पाए हुन्थ्यो भन्ने कोही व्यक्तित्व :
एकदमै खुसी भएको क्षण : २०४४ सालमा सर्वोत्क्रिस्ठ संगीतमा पुरस्कृत हुँदा
गायन यात्रामा दुःखद क्षण : २०४० सालमा धोबिघाटमा कार्यक्रम हुँदा अन्तिममा मात्र गाउन दिएको
आदर्श व्यक्तित्व : सरल व्यक्तित्व
मन पर्ने जनावर : कुकुर
मन पर्ने खाना : दाल भात तरकारी
मन पर्ने रंग : निलो
मन पर्ने ठाउँ : शान्त ठाउँ
आफ्नो शरिरको सबै भन्दा बढी मन पर्ने अंग : आखा
रिस उठ्दा : हात उठ्नु
वरदान पाए के माग्नु हुन्छ : कलाकार
अर्कौ जन्म भए के बन्ने रहर : कलाकार
बहुप्रतिभा शालि व्यक्तित्व नरेन्द्र प्यासी मृदु भासी सरल स्वभाव का पनि धनि हुन् । जीवन मा अनेकन उतारचढाव भए पनि आफ्नो नेपालीपन नेपाली सांगीतिक यात्रा भनौ वा चित्रकलामा अविरल बगी रहे ।
उनि १९९८ मा सात वर्ष बेलायत बसाई गरे पनि नेपाली गीति यात्रा कहिल्ये रोकीएन चित्रकला जस्ताको तस्तै रहे ।
सन् १९८३ मा नेपाल बाट शोभियत रुस मा अन्तराष्टिय चित्रकला मा नेपाली को प्रतिनिधित्व गर्दै गएका उनि उनि खाली हात आएनन समस्त नेपाली को शिर सगरमाथा झैँ उँचो राखे फलस्वरूप प्रथम स्थान हासिल गरे ।
उनि संगको एकछिन को बसाई मा उक्त चित्र कोरी हाले ।
२०३० साल बाट सांगीतिक यात्रामा प्रवेश गरेका प्यासी का श्रीमती २ छोरी र १ छोरा का साथमा रहेका छन् ।
उनको एकदमै मन परेको गीत सायद मन नपर्ने मान्छे कमै होला उक्त गीत
के भुल भयो प्रिया म सँग बोल्दिनौ
के भुल भयो प्रिया म सँग बोल्दिनौ
उज्यालो दिन उघार्दै पर्दा रातको खोल्दिनौ
म सँग बोल्दिनौ
के भुल भयो प्रिया म सँग बोल्दिनौ
अध्यारो देख्छु मुहार तिम्रो बादल छाए झै
सुस्केरा सुन्छु चैतमा आँधी बेहेरी आए झैँ
एकान्त रोज्छौ मनमा कतै तुवाँलो छायो कि
बसन्त नआइ जिवनमा ितमो वर्षाद आयो कि
तुवाँलो छायो कि
के भुल भयो प्रिया म सँग बोल्दिनौ
रुने छ मेरो संसार तिम्रो उज्यालो नपाउँदा
रुने छ मेरो संसार तिम्रो उज्यालो नपाउँदा
अन्धकार छाउछ जसरी राती जुन नआउदा
रुवाई मेरो संसारलाई तिमी अरुलाई नरोज
मायाको कुरा नफर्कि्र झर्छ टाढिन नखोज
अरुलाई नरोज
के भुल भयो प्रियाम सँग बोल्दिनौ
के भुल भयो प्रिया म सँग बोल्दिनौ
उज्यालो दिन उघार्दै पर्दा रातको खोल्दिनौ
म सँग बोल्दिनौ
के भुल भयो प्रिया म सँग बोल्दिनौ
के भुल भो प्रिया
Source:
http://www.hitsfm.com.np/artist_details.php?aid=24